कैलालीमा एमालेको निर्वाचन प्रक्रिया भाेलिसम्म स्थगित

छिनोफानो   आइतबार २५, पुष २०७८ ०७:३२

धनगढी । नेकपा एमालेको कैलाली जिल्ला समितिको निर्वाचन प्रक्रिया सोमबारसम्मका लागि स्थगित भएको छ । अध्यक्षका दुई उम्मेदवार पक्षका कार्यकर्ताबीच झडप भएपछि निर्वाचन स्थगित भएको हो ।

अध्यक्ष पदका उम्मेदवारसमेत रहेका निवर्तमान अध्यक्ष रतन थापाले निर्वाचन समिति असक्षम भन्दै भाषण गर्दै नाराबाजी गरेपछि विवाद भएकाे थियाे ।

विवादका क्रममा अध्यक्षका अर्का उम्मेदवार रणबहादुर थापा पक्षले जथाभावी बाेलेर प्रतिनिधिहरूलाई भड्काउन नपाइने भन्दै विराेध गरेपछि दुवै पक्षबीच झडप भएकाे थियाे ।

दुवै पक्षबीचकाे झडपपछि निर्वाचन समितिले भाेलि बिहान ८ बजेसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित गरिएको जनाएको छ ।

एमालेको कैलाली जिल्ला समितिको अध्यक्षका लागि रतन थापा र रणबहादुर चन्द प्यानलसहित चुनावी मैदानमा छन् । यसअघि आइतबार बिहान ८ बजेका लागि तय गरिएको निर्वाचन पटक-पटक गरेर साँझसम्म सारिएको थियाे ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु