एमाले जिल्ला सदस्यमा भण्डारीको उम्मेद्धारी दर्ता

पवन भण्डारी   सोमबार २६, पुष २०७८ ०९:३०

नेकपा एमाले अछामको आठौं जिल्ला अधिवेशनमा सहकारी क्षेत्रमा बिगत लामो समय  देखि आबद्ध तथा बिगत लामो समय देखि नेकपा एमालेका बिभिन्न भात्रृ संगठनमा रही आउनु भएका  एक युवा नेताले खुल्ला  जिल्ला कमिटी सदस्य पदमा उम्मेदवारी दर्ता गर्नु भएको छ ।

जिल्ला सहकारी संंघ अछामका अध्यक्ष समेत रहेका चन्द्र प्रसाद भण्डारीले  खुलामा जिल्ला कमिटी सदस्यमा युवाको प्रतिनिधित्व गर्दै मनोनयन  दर्ता गराउनु भएको छ । 

 नेकपा एमाले मंगलसैन नगरकमिटी सचिबमा रहेर काम गरि सकेका भण्डारी करिब ३ दशक देखि नेकपा एमालेको कृयासिल सदस्य बनी काम गरिसक्नु भएको छ । 

मंगलसैन नगरपालीका वडा नं ६ घर भएका भण्डारी बिगत लामो समय गरिबि निवारण कोष अन्र्तगत रहेका बिभिन्न सस्याहरुमा रहेर काम गर्नु भएको थियो । 
खुल्ला जिल्ला सदस्यमा भण्डारी लाई भोट किन ?
१ गतिसिल एमाले बनाउने तर्फ नेतृत्व लाई दबाब दिन आवस्यक सहयोग गर्न ।
२ पार्टी को संगठनात्मक र आर्थिक किर्याकलाप लाई थप चुस्त र दुरुस्त राख्न ।
३ पार्टी लाइ गतिशिल र कर्याकर्ता लाइ अध्यायन्सिल बनाउने तर्फ नेतृत्व लाई सहयोग गर्न ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु