भारतमा पछिल्लो २४ घण्टाको अवधिमा एक लाख ७९ हजार ७२३ जनामा कोरोना संक्रमण पुष्टि

छिनोफानो   सोमबार २६, पुष २०७८ ११:१७

भारतमा पछिल्लो २४ घण्टाको अवधिमा एक लाख ७९ हजार ७२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तेस्रो लहरमा संक्रमितको संख्या एक लाख नाघेको यो तेस्रो दिन हो ।

यस अवधिमा १४६ जनाको मृत्यु भएको छ । त्यस्तै सक्रिय संक्रमित ७ लाख २३ हजार ६१९ पुगेका छन् । भारतको महाराष्ट्रमा सबैभन्दा बढी २९ हजार २५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा राजधानी दिल्लीमा १२ हजार ५५५ संक्रमित थपिएका छन् भने १७ जनाको मृत्यु भएको छ । सोही अवधिमा दिल्ली पुलिसका ३ सयभन्दा बढी प्रहरीमा संक्रमण पुष्टि भएको बीबीसी हिन्दीले जनाएको छ ।

यसैगरी नेपालसँग सिमाना जोडिएका प्रदेशहरू बिहारमा ४ हजार ५८६‚ उत्तराखण्डमा ८६४‚ उत्तरप्रदेशमा ७ हजार ४२३‚ पश्चिम बंगालमा १६ हजार ५६ कोरोना संक्रमित थपिएका छन् । दोस्रो लहरका बेला गतवर्ष लहर सुरु भएको ५६ दिनपछि देशभरमा संक्रमितको संख्या एक लाख पार गरेको थियो । अहिले १० दिनमै संक्रमित संख्या एक लाख नाघिसकेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु