काठमाडौंको छुट्टाछुट्टै दुई स्थानको सवारी दुर्घटनामा दुई जना पैदलयात्रीको मृत्यु

छिनोफानो   सोमबार २६, पुष २०७८ ११:२३

काठमाडौंको छुट्टाछुट्टै दुई स्थानको सवारी दुर्घटनामा दुई जना पैदलयात्रीको ज्यान गएको छ । दुर्घटनामा परी कालीकोटका विपिन विक र रामेछापका जीवनाथ गौतमको ज्यान गएको हो । विकलाई काठमाडौंको बिजुली बजारको सडकमा बाटो काट्ने क्रममा गए राति टिपरले ठक्कर दिएको हो ।

२२ वर्षका विकलाई ठक्कर दिने टिपर र चालक फरार रहेकाले खोजी कार्य भइरहेको छ । यस्तै गौतमलाई काठमाडौंको मिनभवन अगाडिको सडकमा बाटो काट्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको हो । ६३ वर्षका गौतमलाई ठक्कर दिने बा ०२ ० ३१ प ७५ ६२ नम्बरको मोटरसाइकल र चालक भने प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु