सुन प्रतितोला ३ सय रुपैयाँले घटेर ९१ हजार ३ सय रुपैयाँमा कारोबार

छिनोफानो   सोमबार २६, पुष २०७८ १२:१८

सोमबार सुन प्रतितोला ३ सय रुपैयाँले घटेर ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यसैगरी, आज चाँदी प्रतितोला १२ सय २० रुपैयाँ पुगेको छ। हिजो चाँदी प्रति तोला १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो। 

 

सुनचाँदी व्यवसायी महासंघका अनुसार केही दिन यता सुन-चाँदीको मूल्यमा लगाताल गिरावट देखिएको छ। 

सोमबार अन्तर्राष्ट्रिय बजारमा पनि सुन प्रतिऔंस ३ डलरले घटेर १७ सय ९३ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

 

 

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु