नेकपा एमाले कैलाली जिल्ला अध्यक्षमा रतन थापा विजयी

छिनोफानो   मङ्गलबार २७, पुष २०७८ ०९:५८

 नेकपा (एमाले) कैलाली जिल्ला अध्यक्षमा रतन थापा विजयी भएका छन् । थापाले प्रत्यासी रणबहादुर चन्दलाई चार मतले पराजित गरेका हुन् । थापा पार्टीका सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्ट समर्थित उम्मेदवार हुन् । आठौं अधिवेशनमा भएको चुनावमा थापाले २८७ मत पाउँदा चन्दले चन्दले २८३ मतमा पाएका थिए । चन्द एमाले नेता भीम रावल पक्षधर हुन् ।

एमाले कैलालीको उपाध्यक्षमा दुर्गा जोशी विजयी भएका छन् । उपाध्यक्षका अर्का प्रत्यासी सीताराम बुढाथोकीलाई पराजित गर्दै जोशी विजयी भएका हुन् । जोशीले ३२७ मत पाए भने बुढाथोकीले २०९ मत पाएका हुन् ।

सचिवमा डेजी पाण्डे २९४ मत ल्याएर विजयी भएका छन्, भने उनका प्रतिस्पर्धी दानबहादुर विक २६० मत ल्याएर पराजित भएका छन् । उपसचिवमा ममता चौधरी र लोकेन्दबहादुर शाही विजयी भएका छन् । उपाध्यक्ष र सचिवमा विजयी भएका जोशी र पाण्डे दुबै चन्द प्यानलका उममेदवार हुन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु