बढ्दो कोरोनाका कारण एमालेको प्रदेश अधिवेशन एक महिना सर्‍यो

छिनोफानो   मङ्गलबार २७, पुष २०७८ ०५:२९

नेकपा एमालेले प्रदेश अधिवेशन सारेको छ । प्रचार विभाग उपप्रमुख विष्णु रिजालले प्रदेश अधिवेशन एक महिनाका लागि सारिएको सामाजिक सञ्जालबाट जानकारी दिएका छन् ।

देशमा कोरोनाका संक्रमण बढेपछि सरकारले २५ जनाभन्दा बढीलाई एकै ठाउँमा जम्मा नहुन आग्रह गरेको छ । एमालेले पुस २३ गते ६३ जिल्लाको अधिवेशनको एकैपटक उद्घाटन गरेको थियो । अधिवेशनको उद्घाटन भएका केही जिल्लामा अझै निर्वाचन प्रक्रिया भइरहेको छ ।
‘यही माघ ८ गतेका लागि तोकिएका नेकपा (एमाले) का प्रदेश अधिवेशनहरू माघ २८ र २९ गतेका लागि सारिएको छ,’ रिजालले भनेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु