४९ अंकले बढ्यो नेप्से

छिनोफानो   मङ्गलबार २७, पुष २०७८ ०५:३१

शेयर बजारको परिसूचक नेप्सेले आज (मंगलबार) २८ सय अंक नाघेको छ । ४९.१९ अंकले बढेसँगै परिसूचक २८३४ अंकमा पुगेको हो । परिसूचक बढ्दा कारोबार रकम भने केही खुम्चिएको छ । सोमबार ७ अर्ब १२ करोडको कारोबार भएकोमा आज ६ अर्ब ७२ करोडमा खुम्चिएको छ ।

कुल १७० कम्पनीको मूल्य बढ्यो भने १९ कम्पनीको घट्यो । उपसमूहगत रुपमा हेर्दा उत्पादन ३१ अंकले घट्यो भने अरु सबै बढेका छन् । बैंकिङ ३, विकास बैंक १७१, फाइनान्स १४९, होटल तथा पर्यटन १०७, जलविद्युत ६५, जीवन बीमा ५९७, माइक्रोफाइनान्स २०६, निर्जीवन बीमा ३३६, व्यापार ४० र अन्य उपसमूह २७ अंकले बढे ।

७ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । नारायणी डेभलपमेन्ट, नेपाल फाइनान्स, पोखरा फाइनान्स, कर्पोरेट डेभलपमेन्ट, मध्यभोटेकोसी जलविद्युत, सिभिल लघुवित्त र न्यादी हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको हो । माउन्टेन इनर्जीको मूल्य सबैभन्दा धेरै ३.५ प्रतिशतले घट्यो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु