मोरङमा ट्याक्टरको ठक्करबाट एक बिद्यार्थीको मृत्यु

छिनोफानो   बुधबार २८, पुष २०७८ ११:२९

मोरङको उर्लाबारी ३ स्थित सोल्टी पुलमा बुधबार बिहान ट्याक्टरको ठक्करबाट एक बिद्यार्थीको मृत्यु भएको छ । बिहान कलेज जाने क्रममा उर्लाबारी ७ का निश्चल बानियाँको मृत्यु भएको हो ।

प्रदेश १–०१–०१२ प ७१५२ नम्बरको मोटरसाईकलमा सवार बानियाँलाई को २ त ८२९६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा उनको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्याक्टर र त्यसका चालक मोरङको मिक्लाजुङ गाउँपालिका–६ का १९ वर्षीय मोहन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक तामाङको सवारी चालक अनुमति पत्र नभएको प्रहरीको भनाइ छ।

मृतक बानियाँको शवलाई पोष्टमार्टमका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा राखिएको मोरङ प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु