भारतमा पछिल्लो २४ घण्टामा १ लाख ९४ हजार ७ सय २० जनामा कोरोना संक्रमण पुष्टि

छिनोफानो   बुधबार २८, पुष २०७८ ११:३९

भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनका कारण संक्रमण तीव्र हुँदै गएको छ । भारतमा पछिल्लो २४ घण्टामा १ लाख ९४ हजार ७ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म ४ हजार ८ सय ६८ जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको छ । महाराष्ट्रमा सबैभन्दा बढी १ हजार २ सय ८१ जनामा ओमिक्रोन पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी महाराष्ट्रमा ३४ हजार ४ सय २४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै राजधानी समेत रहेको दिल्लीमा थप २१ हजार २ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ । दिल्लीमा पोजिटिभिटी रेट २५.६५ प्रतिशत पुगेको छ । त्यस्तै पश्चिम बंगालमा २१ हजार ९८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै तमिलनाडुमा १५ हजार ३ सय ७९ र केरलमा ९ हजार ६६ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४४२ जनाको मृत्यु भएको छ भने ६० हजार ४ सय ५ जना संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितको संख्या करिब ९ लाख ५५ हजार रहेको छ । सोमबार भारतमा १ लाख ६८ हजारमा संक्रमण पुष्टि भएको थियो ।

संक्रमण बढेसँगै भारतका विभिन्न राज्यमा कडा स्वास्थ्य मापदण्ड लागू गरिएको छ । दिल्लीमा अत्यावश्यकबाहेक सबै निजी कार्यालय बन्द गराइएको छ भने रेस्टुरेन्टहरूलाई होम डेलिभरी र प्याकिङको सेवा मात्र सञ्चालन गर्न भनिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु