धादिङमा पहिरोले डोजर पुर्दा तीनजना बेपत्ता

छिनोफानो   बिहिबार २९, पुष २०७८ ११:३६

काठमाडौं : धादिङको रुबीभ्याली गाउँपालिकामा सडक खन्ने क्रममा पहिरो खस्दा डोजरसहित तीनजना बेपत्ता भएका छन्।

रुबीभ्याली-१ तिप्लिङमा सडक खन्ने क्रममा बिहीबार बिहान ७ बजे पहिरो खस्दा डोजरसहित तीनजना बेपत्ता भएको गाउँपालिका अध्यक्ष चेरुङ तामाङले जानकारी दिए। बेपत्ता हुनेमा डोजर चालक, सहचालक र सडक समितिका एक जना रहेको तामाङले बताए।

घट्ना स्थलमा अझै प्रहरी पुग्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय धादिङले पहिरोमा तीनजना पुरिएको खबर आएको र उद्धारका लागि टोली परिचालन गरिएको जनाएको छ। घटनास्थल नजिकको सेर्तुङ प्रहरी चौकीबाट चार घण्टाको पैदल दूरीमा पर्दछ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु