सर्लाहीमा एक युवतीको शंकास्पद मृत्यु

छिनोफानो   बिहिबार २९, पुष २०७८ १२:३१

 सर्लाहीको हरिवन नगरपालिका-११ मा एक युवतीको शंकास्पद मृत्यु भएको छ । हरिवन नगरपालिका-११ स्थित मालपोत कार्यालय नजिक घर भएकी १९ वर्षीया सञ्चिता गौतमको शव आफ्नै घरमा फेला परेको हो । उनको शव गएराति कोठामा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

गएको मंसिर ५ गते मात्रै उनको स्थानीय सुशिल दाहालसँग विवाह भएको थियो । विवाहको २ महिना पनि नबित्दै युवतीले ‘आत्महत्या’ गर्नुलाई स्थानीयले शंकास्पद रुपमा लिएका छन् । युवतीको शव अहिले पनि घटनास्थलमै छ । मृत्युको कारण नखुलेसम्म शव निकाल्न नदिने भन्दै स्थानीयले रोकेर राखेका पत्रकार एसपी गौरवले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय हरिवनका अनुसार आफ्नै तीनतले घरको कोठामा पंखा झुन्ड्याउने रडमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको हो । दाइजो लगायतको विषयमा पतिसहित परिवारका सदस्यले उनलाई मानसिक यातना दिँदै आएको दाबी माइती पक्षको छ । घटनाको सम्बन्धमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु