सङ्खुवासभाको लिङ्गमबाट हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

छिनोफानो   बिहिबार २९, पुष २०७८ ०२:५३

सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका-२ लिङ्गमबाट हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार गरिएको छ । सुत्केरी हुन नसकेपछि भोटखोला-२ लिङ्गमकी २८ वर्षीया चिप्पयाङ्जम भोटेको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाका अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा भोटेको उद्धार गरिएको हो ।

सुत्केरी हुन हटिया स्वास्थ्य चौकी आएकी भोटेको त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँको थापाथली प्रसूतिगृहमा लगिएको हो । भोटखोला गाउँपालिका स्वास्थ्य सहसंयोजक अमृता तामाङले आमा र बच्चाको अवस्था गम्भीर देखिएपछि तत्काल शल्यक्रिया गर्नुपर्ने भएकाले काठमाडौँ लैजान सिफारिस गरिएको बताए ।

कलेजले चिकित्सा शिक्षा आयोगले तोकेविपरीत पठनपाठन सुरु नै नगरी चार लाख ८२ हजार अतिरिक्त शुल्क बुझाउन दबाब दिएपछि अभिभावक तथा विद्यार्थीले प्रदेश १ का मुख्यमन्त्री, मन्त्रीदेखि जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएर न्यायका लागि संघर्ष गर्दै आएका छन् । तर‚ हालसम्म उक्त विषयमा कतैबाट कुनै सुनुवाइ हुन सकेको छैन ।

चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि कूल ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क निर्धारण गरेको छ । त्यसमध्ये प्रथम वर्षको १४ लाख ८५ हजार अभिभावकले बुझाइसकेका छन् । तर‚ कलेज सञ्चालक सुनिल शर्मा अतिरिक्त २० लाख शुल्क बुझाउने सम्झौतापत्रमा हस्ताक्षर गराएपछि मात्रै पठनपाठन सुरु गर्ने अडानमा छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु