१० किलो लागूऔषध चरेससहित एक महिलालाई पक्राउ

छिनोफानो   बिहिबार २९, पुष २०७८ ०२:५६

प्रहरीले वीरगञ्जबाट १० किलो लागूऔषध चरेससहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट पिपरिया परोवा नगरपालिका-९ बंकुल टोल बस्ने रामबाबु साह कलवारकी पत्नी ४२ वर्षीया रन्जु देवी छन् ।

उनलाई प्रहरीले बुधबार साँझ ७ बजे वीरगञ्ज महानगरपालिका-१६ इनर्वास्थित शंकराचार्य गेट नजिकबाट पक्राउ गरेको हो । इनर्वा प्रहरी चौकीबाट खटिएको चेकिङ टोलीले नियमित जाँचका क्रममा नेपालबाट भारतको रक्सौलतर्फ पैदल जाने क्रममा शंका लागि उनलाई रोकी खानतलासी गर्दा उनको साथबाट उक्त परिमाणमा चरेस बरामद भएको थियो ।

चरेसको प्याकेट बनाई आफ्नो ढाड, खुट्टामा पहेलो रंगको कपडाको डोरीले बाँधी अड्काई राखेको र शरीरमा लगाएको ज्याकेटको दुवै तर्फको खल्तीमा लुकाई राखेको अवस्थामा उनको साथबाट चरेस बरामद भएको थियो । रन्जुलाई नियन्त्रणमा लिई लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु