सुनसरीको महेन्द्रचोकबाट कटुवा पेस्तोल र १ राउण्ड गोलीसहित प्रहरीले एक जना युवकलाई पक्राउ

छिनोफानो   बिहिबार २९, पुष २०७८ ०३:००

सुनसरीको इनरुवा नगरपालिका-३ महेन्द्रचोकबाट कटुवा पेस्तोल र १ राउण्ड गोलीसहित प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिनगरा गाउँपालिका-७ घुस्की बस्ने २२ वर्षीय सविर मियाँ छन् । उनलाई बुधवार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

ज.२ प ५१९४ नम्बरको मोटरसाइकलमा हतियार ल्याएको सुराकको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले सो हतियार बरामद गरेको हो । आरोपीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु