बनले हटाउन खोज्दा परिवारको बिचल्ली

राजन जैगडी   बिहिबार २९, पुष २०७८ ०३:४५


कैलालीको गोदावरी नगरपालीका एक स्थित अत्तरीयामा रहेको सुरक्षा महिला सामुदायिक वन उपोभोक्ता समुहले पोखरी बनाउने भएपछि एक परिवार बिचल्लीमा पर्ने भएको छ । सामुदायिक बनले २० बर्ष अघिदेखि बसोवास गर्दै आएका खग्गो दमाई को परिवारले उपभोग गर्दै आएको जमिनमा पोखरी बनाउन खोज्दा उक्त परिवारको बिचल्ली हुने भएको हो ।

पिडितहरुले आफुहरु २०४५ सालबाट बसोवास गर्दै आएकोले सामुदायिक बनले पटक पटक आफु माथी बिभिन्न बहानामा खेतीबाली ,घरसमेत भत्काएको खग्गो दमाईले बताएका छन् ।
पिडित परिवार २० बर्ष पहिले बाट सो स्थानमा बसोवास गर्दै  आएको तर बनले बिभिन्न बाहानामा पटकपटक दुख दिने गरेको स्थनिय कृष्ण बहादुर बोहरा बताएका छन् ।

यता सामदायिक बनले २०५८ सालबाट हटाउन खोज्दा पनि दलित भनेर घरवास छोडेको र बाँकी जग्गा रोक्न खाजेको सुरक्षा महिला सामुदायिक बन उपोभोक्ता समुहकी अध्यक्ष लक्ष्मी भण्डारीले बताएकी छन् ।

भुमि समस्या समाधान आयोग बाट २ कट्टा १० धुरको लगत संकलन भएता पनि बनले विभिन्न वाहनामा पटक पटक हटाउन खोजेको पिडीतको आरोप छ । तर बनले भने स्थानीयसंग पहुच आधारमा व्यबहार गरेको पाईएको छ । बनको छेत्रमा थुप्रै संरचना निर्माण भए पनि पहुचवाला संग केही नगर्ने र पहुच नभएका संग पटकपटक दुख दिने गरेको पाईएको हो ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु