बिजुलीको पोल सार्दा घुस लिने विद्युत् प्राधिकरणका एक कर्मचारी पक्राउ

छिनोफानो   शुक्रबार ३०, पुष २०७८ ०९:१०

 बिजुलीको पोल सार्दा घुस लिने विद्युत् प्राधिकरणका एक कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ललितपुरबाट पक्राउ गरेको छ ।

प्राधिकरणको काठमाडौं ग्रिड महाशाखा सबस्टेसन पाटन ललितपुरमा कार्यरत सबस्टेसन प्रमुख सोमप्रसाद पहाडी एक लाख ४० हजार घुससहित पक्राउ परेका हुन् ।

पहाडीले प्राधिकरणले गाडेको बिजुलीको पोल सार्नका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको टंगाल कार्यालयबाट गएको टोलीले बिहीबार उनलाई पक्राउ गरेको हो । आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार पहाडीलाई घुस लिँदै गरेको अवस्थामा कार्यालय परिसरबाट पक्राउ गरेको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु