अध्यान गर्ने सोच हुदा हुदै प्रवास पुगेका बिश्वकर्मा भन्छनःसंघर्ष गर्नु पर्छ सफल भईन्छ

पवन भण्डारी   शनिबार ०१, माघ २०७८ ०८:१२

अछाम जिल्लाको चौरपाटि गाँउपालीका लुंग्रामा जन्मनु भएका अमृत बिश्वकर्मा हाल भारतको सुरतमा रहेको हर्ष हस्पीटलमा काम गरि रहनु भएको छ । सानै उमेरमा स्वास्थ्य क्षेत्रमा लागेर सेवा गर्ने सोच राखेका उनलाई नेपालमा बसेर  सपना पुरा गर्न निकै समस्या भयो ।

माओवादी जनयुद्ध चर्कि रहेका बेला नेपाली सेनाको घेरामा रहेर उनले २०५८ सालमा एसएलसी परिक्षा दिनुभयो । परिक्षामा सफल भएपछि उनलाई नेपालमै बसेर आफनो सपना पुरा गर्न निकै समस्या भयो 

तत्कालीन बिद्रोही माओवादी र शाही सेनाले नेपालमा युवाहरु लाई निकै सताउने गर्थे । माओबादी र सेनाले आफनो नजिकका नागरिक लाई मात्र केहि हद सम्म कम यातना दिन्थ्ये । 

तर माओबादी नजिक रहेका तत्कालीन गाबिसका नागरिकहरु लाई सेनाले दुःख दिन्थ्ये भने सेना नजिक रहेका गाबिसका नागरिकहरु लाई माओबादीले दुःख दिन्थे उनले बिगतका कुराहरु सम्झदै भने । 

सामान्य परिवारका बिश्वकर्मा उच्च शिक्षा लाई नेपालमा अगाढी बढाउन नसक्दा रोजगारीका लागी भारत पुगे । भारतमा रोजगार सँग उनले आफनो अध्यान लाई समेत निरन्तरता दिए । रोजगार सँगै अध्यान गर्नु पर्ने बाध्यतामा रहेका उनलाई पढाई प्रतिको मोह कहिलै कम भएन । बिभिन्न समस्या र बाधा अड्चनका बिच उनले भारत मै उच्च शिक्षा हासील गरे । 

हाल सम्म करिब ३ सय जति नेपालीहरुलाई मात्र अप्रेशन गरेको बिश्वकर्माले बताए । सानै उमेर देखि सामाजिक सेवा प्रति आस्थावान बिश्वकर्मा करिब ९ बर्ष देखि नै हर्ष हस्पीटलमा अप्रेसन टिममा रहेका छन । भारतमा बिभिन्न समस्या लाई झेल्दै आफु यो क्षेत्रमा पुगेको उनले बताए । 

परिवारमा ४ भाई र १ बहिनी मध्येका सबै भन्दा कान्छा भाई बिश्वकर्मा अहिले भारतमै कर्म थलो बनाई रहेका छन । संघर्ष गर्नु नै सफताको मुल खुट्कीलो रहेको बिश्वकर्मा बताउछन । उनले आफुले गरेको संघर्ष लाई सम्झीदै अरु युवाहरु लाई समेत हरेक क्षेत्रमा संघर्ष गर्न आग्रह गरे । नेपालबाट भारतमा पढ्ने सोच राखेर पुगेका उनले सुरुमा अध्यान गर्न नसकेर सुरु गरेको स्मरण गरे । 

अहिले आफुले गरेको संघर्षको फल निकै राम्रो भईरहेको बताउदै उनले भने अहिले पुराना कुराहरु सम्झीदा कता कता मन खिन्न हुन्छ । बिश्वकर्माले हाल ३ जना छोरा छोरी रहेका छन । 

आफनो जन्मभुमीको याद त पटक पटक आईरहन्नछ तर जान नपायको २० बर्ष भयो  । नेपालमा गयर के गर्ने रोजगारी छैन उनले भने अब छिटै घुम्न जानेमा छु । आफनो स परिवार सहित बिश्वकर्मा हाल सुरतमै बस्दै आउनु भएको छ । 

आफुले समय मै पढ्न नपाउदाको क्षण लाई सम्झीदै उनले भने आफुले भोगेको समस्या लाई बाल बच्चा लाई नपरोस भन्दै आफुले छोरालाई महेन्द्रनगरमा पढाउन थालेको उनले बताए । जिन्दगीमा आफुले जति सुख दुःख आफुले भोगे सो समस्या बच्चाहरु मा पर्न नदिन आफुले दिन रात नभनेर संघर्ष गरेको उनले बताए ।

बिश्वकर्मा हाल नेपालीहरुका बिभिन्न संस्थाहरुमा आबद्ध रहेका छन । गतिसिल नेपाली सेवा समिती भटारका सस्थापक समेत रहेका उनले बिभिन्न अठ्ब्यारोमा परेका नेपालीहरु लाई सहयोग गर्दै आउनु भएको छ । सामाजिक क्षेत्रमा अब्बल रुची राख्ने बिश्वकर्मा अन्य थुप्रै सस्थाहरुमा समेत आबद्ध रहेका छन । 

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु