भक्तपुरमा गाँजासहित तीन जना पक्राउ

छिनोफानो   आइतबार ०२, माघ २०७८ ०९:३५

भक्तपुर प्रहरीले लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका-५ का ३७ वर्षीय लक्ष्मीनारायण देउला, सूर्यविनायक नगरपालिका-८ का ५८ वर्षीया प्रिती तामाङ र ५२ वर्षीय खड्गबहादुर तामाङ छन् ।

शुरुमा भक्तपुर नगरपालिका- ७ खसी बजार पुल हाउस नजिकबाट ५६ ग्राम गाँजासहित देउलालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । देउलामाथि थप अनुसन्धान गर्ने क्रममा प्रिती र खड्गबहादुर पक्राउ परेका परिसरका डिएसपी राजु पाण्डेले जानकारी दिए । प्रहरीले प्रितीको साथबाट ४८ किलो चार सय ५० ग्राम र खड्गबहादुरको साथबाट चार किलो ५२६ ग्राम गाँजा बरामद गरेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु