कैलालीमा मोटरसाइकलमा सवार महिलाको पुलबाट खसेर मृत्यु

छिनोफानो   आइतबार ०२, माघ २०७८ १२:५३

धनगढी । मोटरसाइकलमा सवार रहेकी कैलालीकी एक महिलाको पुलबाट खोलामा खसेर मृत्यु भएको छ । गए राति धनगढी उपमहानगरपालिका १६ पथरीस्थित गोकंनरी खोलाको पुलबाट ४० वर्षीया ऐतवारी राना खसेकी थिइन्।

सु.प.प्र. ०१ ००९ प ५९७९ नम्बरको उक्त मोटरसाइकल ३८ वर्षीय रजेश रानाले चलाएका थिए । मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

पुलबाट खसेकी रानाको खोलाको पानीमा परेर घटनास्थलमै मृत्यु भएको हो। चालक रजेशलाई भने नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु