शिक्षक नियुक्तिका लागि ४५ हजार रुपैयाँ मागियो

छिनोफानो   सोमबार ०३, माघ २०७८ ०३:२६

अछामको बान्नीगढी जयगढ गाउँपालिकाको जयगढस्थित सरस्वती माद्यामिक बिद्यालयमा शिक्षक नियुक्ति गरेपछि नवनियुक्त शिक्षकले  ४५ हजार रुपैयाँ तिर्नुपरेको छ । 

बिद्यालयको आईएससी एजी बिषयको शिक्षक नियुक्त भएका कृष्णबहादुर खड्काले शिक्षक छनोटमा सिम्लित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, बिषय बिज्ञ, बान्नगढी जयगढ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृृत, शिक्षा शाखाका प्राविधिक सहायक र गाउँ शिक्षा समितिका सदस्यलाई ४५ हजार बुझाएको खुलासा भएको छ ।

आईएससी एजी शिक्षक आवश्यकता सम्वन्धी बिद्यालयको मिति २०७८ मंसिर २२ को सूचना अनुसार दरखास्त पेश गरेका चौरपाटी गाउँपालिका वडा नम्बर ५ का कृष्ण बहादुर खड्का पुस १७ गतेको लिखित र मौखिक परीक्षामा सफल भएका थिए । 

बिद्यालयका प्रधानाध्यापक टेक बहादुर कुँवरले घुमाउरो ढंगबाट स्वीकारेका छन् । उनले परीक्षा संचालन खर्च बाफत नवनियुक्त शिक्षक खड्काबाट ४५ हजार असुलेको बताएका छन् ।

प्रधानाध्यापक कुँवरका अनुसार परीक्षा समितिका अध्यक्ष कृष्ण बहादुर खड्का, बिषय बिज्ञ भरत रावल, आशिष कुँवर, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र जोशी, प्राविधिक सहायक बसन्तराज जोशी, बान्नीगढी जयगढ गाउँपालिकाका शिक्षा समिति सदस्य तथा बिद्यालय व्यवस्थापन समितिका सदस्य प्रकाश ताम्राकार र स्वयम प्रधानाध्यापक कुँवर लगायतले ४५ हजार रुपैयाँ आपसमा बाँडेका छन् ।  

बिद्यालयका प्रधानाध्यापक कुँवरले नयाँ नियुक्त हुने शिक्षकबाट रकम असुल्ने परम्परा रहेकको बताएका छन् । उनले यसअघि नियुक्त गरिएका शिक्षकहरूबाट पनि रकम असुलिएको बताएका छन्। 

परीक्षा संचालन खर्चबाफत सफल उम्मेदवारबाट रकम उठाउने गरिएको दावी गर्ने प्रधानाध्यापक कुँवरले यसअघि बिद्यालयमा माद्यामिक तह र प्लस टु तहमा शिक्षक नियुक्त गर्दासमेत रकम असुलेको बताएका छन् । उनका अनुसार यसअघि प्लस टु तहमा नियुक्त भएका शिक्षक मोहन के।सी र माद्यामिक तहमा नियुक्त भएका रमेश बुढाबाट समेत परिक्षा संचालन खर्च बाफत ३०–४० हजार रकम असुलिएको थियो । 
सिलापत्र बाट साभार

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु