सुनसरीको बर्जु महोत्सवस्थलमा तोडफोड र आगजनी

छिनोफानो   मङ्गलबार ०४, माघ २०७८ ०९:२३

सुनसरीको बर्जु महोत्सवस्थलमा तोडफोड र आगजनी भएको छ । दर्शकको भिडले बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी गरेको हाे । 

आयोजकले बोलाएको कलाकार नआएपछि बर्जु तालको छेउमा लगाइएको महोत्सवस्थलमा कार्यक्रम हेर्न पुगेका दर्शकको भिडले तोडफोड गरेको हो ।

महोत्सव आयोजकले कार्यक्रमस्थलमा आजको लागि भोजपुरी कलाकार खेसरीलालको प्रस्तुति तय गरेको थियो । कार्यक्रममा कलाकार नआएपछि आक्रोसित बनेको भिड तोडफोड र आगजनीमा उत्रिएकाे थियाे। तोडफोडमा उत्रिएकाहरुले चारवटा भारतीय गाडीमा पनि आगजनी गरेका छन् । 

भिड अनियन्त्रित भएपछि बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको सुनसरी प्रहरीले जनाएको छ । कार्यक्रमका लागि आएका भारतीय कलाकारलाई प्रशासनले विराटनगरमै रोकेपछि कार्यक्रम हेर्न भेला भएको भिड तोडफोडमा उत्रिएको हो ।

पुष २३ गतेबाट महोत्सव सञ्चालनको इजाजत दिएको प्रशासनले कोरोना सङ्क्रमण बढ्न थालेसँगै २७ गते महोत्सव बन्द गर्न परिपत्र गरेको थियो । प्रशासनको निर्देशन बेगर आयोजकले भारतीय कलाकारको प्रस्तुति तय गरी टिकट बिक्री गरेको थियो ।

सुनसरी प्रशासनले कोरोनाका कारण महोत्सव रोक्न भनिएकोमा आयोजकले अटेर गरेका कारण कलाकार हेर्न उर्लिएको भिड आक्रोसित बन्दा घटना सिर्जना हुनपुगेको बताएको छ। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु