सेती अस्पतालमा कैलालीका एकजना कोरोना संक्रमितको मृत्यु

छिनोफानो   बुधबार ०५, माघ २०७८ १०:०८

धनगढी । कैलालीमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

जिल्लाको गोदावरी नगरपालिका-४ का ७६ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

मंगलबार राति धनगढीस्थित सेती अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । उनी गत पुस २२ गतेदेखि स्वास प्रश्वासमा समस्या आएपछि अस्पतालमा उपचाररत थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु