प्रबासमै बसेर सामाजिक कार्यमा संलग्न बिश्वकर्मा भन्छन : समाज सेवागर्ने चाहाना सानै देखि थियो

पवन भण्डारी   बुधबार ०५, माघ २०७८ ०३:२२

प्रभाबसमै बसेर सामाजिक कार्यमा संलग्न एक चर्चित नाम हो प्रकाश बिश्वकर्मा । सानै उमेरा रोजगारीको सिलसिलामा भारत पुगेका बिश्वकर्मा हाल भारतमा रहेका बिभिन्न संघ सस्थामा आबद्ध रहेका छन । अछामको कमलबजार नगरपालीका मष्टाबण्डालीमा जन्मनु भएका बिश्वकर्मा हाल अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय सदस्य समेत रहेका छन 

अन्याय अत्यचार बिरुद्ध चर्को आवाज उठाउने बिश्वकर्माको सानै उमेर देखि सामाजिक सेवागर्ने सोच बनायका थिय । नेपालमा बढ्दो द्धन्दका बेला नेकपा माओबादी को बिचार र सिद्धान्त निकै रुचायका बिक हाल एकिकृत नेकपा माओबादीमा प्रति आस्थावान रहेका छन ।

सामान्य परिवारमा जन्मनु भएका बिक  करिब २० बर्ष जति लगातार रुपमा भारतको सुरत मा रोजगारी गरिरहनु भएको छ । २०५८ सालमै रोजगारीको सिलसीलामा भारत प्रस्थान भएका थिय । बिश्वकर्मा अन्यायको बिरुद्धमा लड्ने र तिखो स्बाभका थिय । 

राजनीतिक यात्राको सुरुवात भन्दा पहिला नै सामाजिक कार्यमा आफ्नो कला र कौशलता लाई स्थापित गर्दै आएका बिश्वकर्मा  सुरुमा नेपाली जन अधिकार सुरक्षा समिति भारतमा आबद्ध भएका थिए । पछि अखिल भारत नेपाली एकता मञ्ंच बडोद्रा प्रथम जिल्ला सम्मेलन बाट सर्वसम्मत सहसचिवमा निर्वाचित भएका बिश्बकर्मा २०११ मा महाराष्ट्र गोवा राज्य समिती अन्तर्गत पर्ने रायगड नगर समिति स्थापक अध्यक्ष समेत बनेर सेवागर्न थाले ।

सामाजिक कार्यमा निकै रुचि राख्ने बिश्वकर्मा भारतमा रहेका नेपालीहरुका समस्या समाधान गर्न खटिन थाल्य । प्रवासमा रहेका नेपालीका दुःख पिडा लाई बिश्वकर्माले समन्धीत ठाँउमा आवाज उठाउन थाल्य ।

प्रवासमा बसेर बिभिन्न सामाजिक कार्यमा संलग्न बिश्वकर्मा २०१४ मा पश्चिम भारत क्षेत्रीय समिति सदस्य निर्वाचित भएका थिए । बिश्वकर्मा २०१७ मा अखिल भारत नेपाली एकता मंञ्च केन्द्रीय सदस्यमा निर्वाचित भए ।

केन्द्रीय समिति बैठक बाट कार्यविभाजन पुनः गुजरातमा कार्यक्षेत्र हुदै राज्य समिति बिस्तार गर्न सफल गुजरात राज्य समितिको प्रथम बैठक बाट राज्य कार्यकाल मुद्दा तथा प्रसासन बिभाग प्रमुखमा नियुक्ति हुदै क्यान्सर पीडित मिर्गौला पिडित जस्ता बेसाहारा जनताको सेवामा समर्पित हुदै एकताको आठौं राष्ट्रिय सम्मेलन बाट केन्द्रीय समिति सदस्य जस्तो गरिमामय पदमा सर्वसम्मत पुनः निर्वाचित भए । 

नेपालको राजनिती लाई समेत नजिक बाट नियाली रहेका बिश्वकर्माले भारतमा रहेका नेपालीका समस्या समाधानमा चाँसो नदिएको बताए । उनले सरकारले भारतमा बेपत्ता भएका नेपालीहरुको खोजिकार्य लागी समेत ध्यान दिनु पर्ने बताए । 

भारतमा रोजगारीका लागी करिब १० लाँख भन्दा बढि नागरिकहरु रहेको भएपनि उनिहरुको ब्यावस्थापन र सुरक्षा तर्फ नेपाल सरकारले सोच्नु पर्ने बताए । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु