२५ लाँख नगद र गरगहना चोरी भारतको गुजराँतबाट एक नेपाली दम्पती फरार

पवन भण्डारी   शुक्रबार ०७, माघ २०७८ ११:०५

भारतको गुजराँतको बडोदराबाट चोरी गरि एक दम्पती फरार रहेका छन । आफु काम  गर्दै आएको आस्था होम सर्विसमा चोरी गरि दम्पती फरार रहेको अखिल भारत नेपाली एकता मञ्च गुजराँत राज्य समिती सचिब सुरेश बिकले बताए ।

उनले फरार हुनेमा कैलालीको टिकापुर निवासी जगत बहादुर शाहि र उनकी श्रीमती लक्ष्मी शाहि रहेको  बताए । शाहीले करिब २५ लाँख नगद तथा सुनका गरगहना समेत चोरी गरि फरार रहेको उनले बताए । शाही चोरी गरि फरार भए पछि उनलाई सो आस्था होम सर्विसमा जागीर लगाउने रामु सोनी लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारतका बिभिन्न ठाँउमा चोरीका घटनाहरुमा नेपालीहरुको संलग्नता बढि रहेका कारण सामान्य रुपमा रोजगारी गरिखाने नेपालीहरु लाई समस्या हुदै आएको बिकले बताए । उनले हाल प्रहरीले सो घटनाका बिषयमा अन्य नेपालीहरु लाई समेत यातना दिने गरेको बताउदै निज मान्छे लाई चिन्नु हुने जो कोहीले प्रहरी लाई खबर गर्न आग्रह समेत गरेका छन ।

भारतका बिभिन्न ठाँउमा हुने चोरीका घटनामा संलग्न नेपालीहरुका कारण अन्य नेपालीहरुले निकै दुःख भोग्नु परिरहेको छ । चोरीमा संलग्न लाई पक्राउ गर्न भारत स्थीत सबै नेपाली संघ सस्थाले पहल गर्न आवश्यक रहेको छ ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु