कैलाली प्रशासनमा कार्यरत १५ जनामा कोरोना पुष्टि, अत्यावश्यकबाहेक सबै सेवा बन्द

छिनोफानो   शनिबार ०८, माघ २०७८ ०८:४५

माघ । जिल्ला प्रशासन कार्यालय कैलालीमा कार्यरत १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रशासनका सूचना अधिकारी शिवराज जोशीका अनुसार २३ जना कर्मचारीको कोरोना परीक्षण गर्दा सो संख्यामा सङ्क्रमण देखिएको बताए ।

यसैबिच प्रशासनका कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि  कार्यालयका सेवाहरू पनि स्थगित गरिएका छन् । सो कार्यालयबाट प्रदान गर्ने अत्यावश्यक सेवा बाहेक  अन्य सबै सेवाहरू माघ ९ गतेदेखि अर्को सूचना जारी नभए सम्मका लागि स्थगित गरिएको सूचना अधिकारी जोशीले बताए ।

अत्यावश्यक सेवा लिन आउनेहरूको हकमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गरिएको हुनुपर्ने र कोरोना विरुद्धको खोप कार्ड लिएर आउनुपर्ने प्रशासनले जनाइएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु