पछिल्लो २४ घण्टामा १० हजार २५४ जना कोरोना संक्रमित थपिए ,१६ को मृत्यु

छिनोफानो   शनिबार ०८, माघ २०७८ ०५:२३

 नेपालमा पछिल्लो २४ घण्टामा १० हजार २५४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा २० हजार १८७ नमुना परीक्षण गरिएको थियो।

१४ हजार ४६२ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार ३१२ र ५ हजार ७२५ नमुनाको एन्टीजेन टेष्ट गर्दा २ हजार ४२ गरी १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै १६ जनाको मृत्यु भएको छ।

७०८ जना संक्रमणमुक्त भएका छन् र हाल ७२ हजार ८६२ संक्रिय संक्रमित छन्।

कोरोनाबाट निको हुनेको दर ९०.७ प्रतिशत छ। काठमाडौं उपत्यकामा ५३०६ संक्रमित थपिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३७६२, भक्तपुरमा ४३४ र ललितपुरमा १११० संक्रमित थपिएका छन्।

प्रतिक्रिया

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु