युवा संघ अछामको ईन्चार्ज बने युवा नेता शाह

छिनोफानो   आइतबार ०९, माघ २०७८ ०७:५१

नेकपा एमाले जिल्ला कमिटी अछामका सदस्य भरत शाहलाई एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल अछामको इन्चार्जको जिम्मेवारी दिईएको छ । युवा संघको केन्द्रीय सचिवालय सदस्य रहेका शाहलाई पोखरामा सम्पन्न भेलाले आगामि अधिबेशनका लागि आयोजक कमिटी गठन गरेसँगै अछाममा ईन्चार्जको जिम्मेवारी शाहलाई तोकिएको हो ।

हालै सम्पन्न नेकपा एमाले अछामको आठौं अधिबेशनमा लोकप्रिय २५६ मत ल्याएर शाह जिल्ला सदस्यमा निर्वाचित भएका थिए । शाह सुदूरपश्चिममा समाजसेवीको रुपमापरिचित छन् । उनले कोरोनाको पहिलो लहरका बेला युवाहरुलाई समेटेर राहत अभियान संचालन गरेका थिए ।

उनको अभियानमा सुदूरपश्चिम प्रदेश सरकारले समेत सहकार्य गरेका थिए ।सुदूरपश्चिम फाउण्डेशनको नेतृत्व गरेको शाह युवा माझ लोकप्रिय छन् । शाहलाई ईन्चार्जसँगै कृष्ण बोहोरा र अनिता खड्का युवा संघको केन्द्रीय सदस्यको जिम्मेवारी दिईएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु