देशभरको मौसम मंगलबार आंशिकदेखि सामान्य बदली हुने

छिनोफानो   मङ्गलबार ११, माघ २०७८ ११:४५

देशभरको मौसम मंगलबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको मौसमविदले बताएका छन् ।

पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभावका कारण अहिले देशभर आंशिकदेखि सामान्य बदली भएको छ । मंगलबार दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहने छ।

देशको पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको मौसमविदले बताएका छन् । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको संभावना छ।

यस्तै राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहने छ।

देशको पहाडी भुभागका एक-दुई स्थानमा हल्का वर्षाको संभावना रहेको मौसमविदले जनाएका छन् । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

यसैबीच पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको र देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु