नेपालमा पछिल्लो २४ घण्टामा थप१२ हजार ८ जना कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु

छिनोफानो   मङ्गलबार ११, माघ २०७८ ०५:४४

नेपालमा पछिल्लो २४ घण्टामा थप १२ हजार ८ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार १०३ पीसीआर परीक्षणमा ९ हजार ४३२ र ७ हजार ८०६ एन्टिजेन जाँच गर्दा २ हजार ५७६ जना संक्रमित फेला परेका हुन् ।

हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ८८ हजार ९३४ पुगेको छ ।

गएको २४ घन्टामा थप आठ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ६१७२ जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४८७५, भक्तपुरमा ५१५ र ललितपुरमा ७८२ जना संक्रमित थपिएका छन्।

यस्तै पछिल्लो २४ घण्टामा २ लाख ३९ हजार ८५१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु