सर्लाहीको धरहराबाट जुवा खेलिरहेका १२ जना नगदसहित  पक्राउ

छिनोफानो   बुधबार १२, माघ २०७८ ०१:४०

सर्लाहीको वाग्मती नगरपालिका–३ धरहराबाट जुवा खेलिरहेका १२ जना नगदसहित  पक्राउ परेका छन् । गएराति स्थानीय ढकबहादुर तामाङको घरमा जुवा खेलिरहेका उनीहरुलाई ४ लाख ८४ हजार ५० रूपैयाँ नगद र कौडासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा वाग्मती नगरपालिका–३ का ३९ वर्षीय गौरिशंकर साह, ३४ वर्षीय सञ्चरसिंह घिसिङ, ३४ वर्षीय जितबहादुर बम्जन, बसवरिया गाउँपालिका–५ का ३३ वर्षीय रामज्ञान राय, ३२ वर्षीय सन्तोष साह, ५० वर्षीय छेटु साह रहेका छन् । त्यसैगरी हरिवन नगरपालिका–१० का ३२ वर्षीय साजन पौडेल, २८ वर्षीय प्रकास अधिकारी, ५७ वर्षीय अर्जुन केसी, बरहथवा नगरपालिका–५ का २८ वर्षीय जुनैन अंसारी, २९ वर्षीय रामवीर चौधरी, रौटहट चन्द्रनगर नगरपालिका–१ का ५१ वर्षीय दीलबहादुर लामा रहेका बुढाथोकीले जानकारी दिनुभयो ।  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु