वामदेव गौतमको दम्पतीलाई नै कोरोना संक्रमण

छिनोफानो   बुधबार १२, माघ २०७८ ०१:५७

नेकपा एकता राष्ट्रिय अभियानको संयोजक वामदेव गौतमको दम्पतीलाई नै कोरोना संक्रमण भएको छ।

पूर्व उपप्रधानमन्त्री तथा एमालेका पूर्वउपाध्यक्ष गौतमका छोरा हरिशले गौतम र सांसद समेत रहेकी उनकी पत्नी तुलसा थापालाई पनि कोरोना पुष्टि भएको हो।

हरिशले भनेका छन्, ‘हामीहरूको घर पनि कोरोना (ओमिक्रोन) पीडित भएको अवस्था हो ,बाबा–आमालाई शीघ्र स्वास्थ्य लाभको कामना छ।’

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु