बारामा भारतीय नम्बरको गाडीको ठक्करबाट दुई जनाको मृत्यु

छिनोफानो   बिहिबार १३, माघ २०७८ ११:१७

बारामा भारतीय नम्बरको गाडीको ठक्करबाट दुई जनाको ज्यान गएको छ । बाराको कलैया उपमहानगरपालिका-५ बस्ने ४० वर्षीय नरेश साह र ५५ वर्षीय शितल साहको मृत्यु भएको हो ।

कलैया-वीरगञ्ज सडक खण्डको कलैया-५ स्थित विजय आयल स्टोर अगाडि गए राति साढे ८ बजे भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कलैयाबाट वीरगञ्ज जाँदै गरेको बीआर ०५ एआर ५१५१ नम्बरको स्कारपियो गाडीले विपरीत दिशाबाट आउँदै गरेको ना ८ प ८८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार नरेश र शितल घाइते भएका थिए । उनीहरुलाई सुरुमा उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको थियो ।

नारायणी अस्पतालबाट थप उपचारका लागि उनीहरुलाई नेशनल मेडिकल लगिएको थियो । नेशनल मेडिकल कलेजमा उपचारको क्रममा राति साढे १० बजे चिकित्सकले दुवै जनालाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । फरार स्कारपियो चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु