लागुऔषधसहित कञ्चनपुरमा तीन जना पक्राउ

छिनोफानो   शुक्रबार १४, माघ २०७८ १२:०७

कञ्चनपुर । प्रहरीले कञ्चनपुरमा लागुऔषधसहित तीनजना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको दोधारा चाँदनी नगरपालिका-७ बाबाथानका अन्दाजी २४ वर्षीय विवेक राना, सोही ठाउँका अन्दाजी २० वर्षीय रोकि भन्ने राहुल रानामगर र दोधारा चाँदनी-६ शान्तिटोलका अन्दाजी १८ वर्षीय किरोज भन्ने मुस्कान शाही रहेका छन् ।

उनीहरुको साथबाट ४ ग्राम ८५० मिलिग्राम लागुऔषध खैरो हिरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

त्यस्तै, दोधारा चाँदनी-७ कै डम्बर चौराहाका प्रेम बडुवालको घरबाट उनीहरुले चोरी गरी ल्याएको म२प ५०८१ नम्बरको मोटरसाइकल पनि फेला पारी तीनै जनालाई पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए ।

उनीहरु माथि कानून बमोजिम अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु