विश्वभर ३७ करोड भन्दा बढीमा कोरोना पुष्टि, नेपालमा भने केही दिन यता संक्रमण दर घट्दो

छिनोफानो   शनिबार १५, माघ २०७८ ०९:१२

विश्वभर कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ३७ करोड नाघेको छ । गत २४ घण्टामा यो खबर तयार पार्दासम्म ३२ लाख ७६ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरले जनाएको छ ।

योसँगै विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ३७ करोड ४३ हजार नाघेको छ ।

योसँगै विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ३६ करोड ९९ लाख ९१ हजार नाघेको छ। जसमध्ये २९ करोड २२ लाख निको भएका छन्। २४ घण्टामा मात्रै २१ लाख ९२ हजार कोरोना मुक्त भएका छन्।

यसैगरी ९ हजार ६ सय सङ्क्रमितको २४ घण्टाभित्र मृत्यु भएको छ। योसँगै विश्वभर कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या ५६ लाख ६६ हजार नाघेको छ।

अहिलेसम्म यूरोपमा मात्रै १२ करोड २२ लाखमा सङ्क्रमण पुष्टि हुँदा ९ करोड १६ लाख निको भएका छन्। भने १६ लाखको मृत्यु भएको छ।

यस्तै १ करोड ९ लाखमा कोरोना पुष्टि भएको अफ्रिकामा ९७ लाख निको हुँदा २ लाख ३८ हजारले भने ज्यान गु्माएका छन्।

यसैगरी एसियामा ९ करोड ८४ लाखमा सङ्क्रमण पुष्टि हुँदा ९ करोड ८ लाख सङ्क्रमण मुक्त भएका छन्। भने १२ लाखको मृत्यु भएको छ।

उत्तर अमेरिकामा ८ करोड ७९ लाखमा सङ्क्रमण पुष्टि हुँदा ५ करोड ६४ लाख निको भएका छन्। भने १३ लाख १३ हजारको मृत्यु भएको छ। भने दक्षिण अमेरिकामा ४ करोड ७७ लाखमा कोरोना पुष्टि हुँदा ४ करोड १३ लाख निको भएका छन्। भने १२ लाख ११ हजारको मृत्यु भएको छ।

महासागरमा २६ लाखमा कोरो्ना पुष्टि हुँदा २२ लाख ५० हजार निको भएका छन्। ५ हजार ९ सयको मृत्यु भएको छ।

अझै पनि विश्वभर ७ करोड २० लाख सक्रिय सङ्क्रमित रहेकामा ९५ हजारको अवस्था जटिल रहेको छ । बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ।

नेपालको अवस्था ?

नेपालमा भने केही दिनयता संक्रमणदर घट्दै गएको छ। पछिल्लो २४ घण्टामा ६८२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ७९१ जनाको पीसीआर परीक्षणमा ४८०७ र ६ हजार ७८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २०२० जनामा कोरोना पुष्टि भएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु