केही दिनयता धुम्मिएको मौसम आजदेखि केही सुधार हुने

छिनोफानो   शनिबार १५, माघ २०७८ ०९:३१

काठमाण्डाै - केही दिनयता धुम्मिएको मौसम आजदेखि केही सुधार हुने मौसमविद्ले बताएका छन् ।

न्यून चापीय प्रणालीको प्रभाव हिजोदेखि नै कम हुन थालेको र आजदेखि थप सुधार हुँदै जाने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मौसम पूर्णरुपमा खुल्न भने केही दिन लाग्नेछ । पानी परेपछि मात्रै मौसम पूर्णरुपमा खुल्ने भए पनि तत्काल पानी पर्ने सम्भावना नदेखिएको उहाँको भनाइ छ।

काठमाण्डौसहित देशका धेरै ठाउँमा आज, हिजो अस्तिको तुलनामा अलि बढी समय घाम लाग्नेछ । तराईमा हुस्सु र कुहिरो कायमै छ । तर केही क्षेत्रमा हुस्सु कुहिरो पनि बिस्तारै हटेर दिउँसो घाम लाग्ने मौसमविद् पौडेलले बताउनुभयो ।

केही दिनयता राम्ररी घाम नलाग्दा देशभरको मौसम धुम्मिएकाले चिसो बढेको छ ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु