नेपाल र मरिससबीचको पहिलो मैत्रीपूर्ण खेल आज : सीमित दर्शकले खेल हेर्न पाउने

छिनोफानो   शनिबार १५, माघ २०७८ ०९:४०

काठमाण्डाै - नेपाली राष्ट्रिय फुटबल टोलीले आज अफ्रिकी देश मरिसससँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ ।

खेल बेलुका पौने पाँच बजे दशरथ रङ्गशालामा सुरु हुनेछ । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मरिसससँगको दुई मैत्रीपूर्ण खेलका लागि यसअघि नै ३४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका थिए। टोलीबाट पहिलो खेलका लागि २३ खेलाडी छनोट भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले सीमित दर्शक राख्न स्वीकृति दिएको छ । दुई मैत्रीपूर्ण फुटबल खेलका लागि मरिससको राष्ट्रिय टिम नेपालमा छ । घरेलु मैदानमा हुन लागेको मरिसससँगको खेलमा सुखद नतिजा नै मुख्य लक्ष्य भएको नेपाली टोलीले जनाएको छ । त्यस्तै मरिसस नेपाललाई रोक्ने रणनीतिका साथ खेल्नेछ ।

खेलको अघिल्लो दिन हिजो भएको पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान किरण चेम्जोङले मरिसससँगका दुई मैत्रीपूर्ण खेलमा जितका लागि खेल्ने बताएका छन् । अर्को खेल मङ्गलवार हुनेछ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु