सत्ता गठबन्धनको बैठक सकियो, अर्को बैठक अपरान्ह ४ बजे बस्ने

छिनोफानो   शनिबार १५, माघ २०७८ १२:३२

स्थानीय तह निर्वाचनबारे छलफल गर्न शनिबार बसेको गठबन्धन दलको बैठकले कुनै सहमति जुटाउन सकेन । गठबन्धनको बैठक शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो ।

निर्वाचन आयोगले वैशाखमै स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तोक्न आग्रह गरेपछि गठबन्धन सरकार थप दवावमा परेको छ ।

बैठकमा संविधानसँग बाझिएका कानून संशोधन गर्ने विषयमा गठबन्धन दलबीच छलफल भएपनि सहमति जुटन नसकेको हो ।

कानून संशोधनको विषयमा पार्टीमा आन्तरिक छलफल पछि फेरी गठबन्धन बैठक बस्ने सहमति भएको छ । बैठक अपरान्ह ४ बजे बस्ने छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु