माइत हिँडेकी महिला छोरीसहित मृत अवस्थामा फेला

छिनोफानो   शनिबार १५, माघ २०७८ १२:३८

दार्चुला । शैल्यशिखर नगरपालिका–८ स्थित तल्चौरस्थित आमाछोरी मृत अवस्थामा भेटिएका छन् ।

सोही नगरपालिका–७ बोहरीगाउँ घरबाट शुक्रबार दिउँसो माइत जान हिँडेकी अन्दाजी २३ वर्षीया सरस्वती बिष्ट आफ्नी छोरीसहित रुखमा झण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

एक वर्षीया छोरीलाई साथमा लिएर घरबाट माइत जान्छु भन्दै हिँडेकी बिष्ट छोरीसँगै मृत भेटिएकी हुन् । घटनापछि प्रहरीले यसबारे छानबिन गर्ने जनाएको छ ।

इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक नारायण बिष्टका अनुसार मृतक महिलाको माइती घर बैतडीको दोगडाकेदार गाउँपालिकाको न्वालीमा छ । आमाछोरीको शव पोस्टमार्टमका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु