यात्रु नपाएपछि बैतडीबाट धनगढीका लागि हुने हवाई सेवा बन्द

छिनोफानो   शनिबार १५, माघ २०७८ १२:४२

बैतडी । यात्रु नपाएपछि बैतडीबाट धनगढीका लागि हुने हवाई सेवा बन्द भएको छ । महिना दिनयता बैतडी—धनगढी उडान भएको छैन । साताको एक दिन शुक्रबार बैतडीबाट धनगढीसम्म उडान गर्ने समिट एयरको हवाई सेवा यात्रु अभावले बन्द हुन पुगेको हो ।

यात्रु कम भएकाले उडान हुन नसकेको नागरिक उड्डयन कार्यालय, पाटनका वरिष्ठ अधिकृत दीपक भट्टले जानकारी दिए । यात्रु भएमा उडान गर्ने भन्ने तयारी गरिरहेको उनले बताए । 

१८ यात्रु क्षमताको समिट एयरको जहाज दसैंपछिसम्म पनि राम्रो चलिरहेको भट्टले बताए । तर पछिल्लो समय मौसमको कारणले गर्दा ढिलो हुने र उडान नहुने चिन्ताले यात्रु नआउने गरेका उनले बताए । दैनिक ५/७ जनाले मात्र हवाई यात्रा खोज्ने गरेको उनले बताए । १४/१५ जनासम्म पुगेपछि उडान सुचारु गर्न सकिने उनले बताए ।

बैतडीदेखि धनगढीसम्मको हवाई भाडा ४ हजार १ सय रुपैयाँ छ । १७ मिनेटमा पुगिने यात्रामा भाडा भने महँगो भएको स्थानीय बताउँछन् । भाडा महँगो भएकाले यात्रुहरूले हवाई यात्रामा जान नमान्ने गरेका स्थानीयको भनाइ छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु