भक्तपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

छिनोफानो   शनिबार १५, माघ २०७८ ०५:५८

भक्तपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । स्थायी घर दोलखा भई भक्तपुरको नलिन्चोक बस्ने गंगा बस्नेतको दुर्घटनामा मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते भएकी बस्नेतको उपचारको क्रममा ज्यान गएको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार शनिबार दिउँसो साढे २ बजे अरनिको राजमार्गमा बनेपाबाट काठमाडौं आउँदै गरेको बा. ५ ख ३०२० नं. को यात्रुवाहक बसले बा. ७० प. ९१३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

मोटरसाइकलको पछाडि सवार ४० वर्षीया बस्नेतलाई उपचारका लागि भक्तपुर अस्पताल लगिए पनि करिब ३ बजे नै उनको मृत्यु भएको प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए । दुर्घटनापछि बस चालक काभ्रेको बनेपा नगरपालिका-९ का रविन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु