पछिल्लो २४ घण्टामा ४,९०४ मा कोरोना संक्रमण, ५,९२४ जना निको, ६ को मृत्यु

छिनोफानो   शनिबार १५, माघ २०७८ ०६:००

नेपालमा पछिल्लो २४ घण्टामा थप ४,९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १४ हजार ५६२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३,३१८ तथा एन्टिजेन विधिबाट १,५८६ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप ५,९२४ जना संक्रमणमुक्त भएका छन् भने ६ जनाले ज्यान पनि गुमाएका छन् ।

योसँगै कुल संक्रमितको संख्या ९ लाख ४७ हजार ३९२ जना पुगेको छ । कुल संक्रमितमध्ये ८७ हजार ३२९ जना सक्रिय संक्रमित छन् । आजसहित देशभर निको हुनेको संख्या ८ लाख ४८ हजार ३६० पुगेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु