सेती अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

छिनोफानो   आइतबार १६, माघ २०७८ ०९:४८

धनगढी । कैलालीमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिकाकी ६५ वर्षीया महिलाको आज बिहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

सेती प्रादेशिक अस्पताल अस्पतालमा उपचाररत उनको आज बिहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।

ती महिलालाई शनिबारदेखि अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको थियो ।  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु