आजका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित

छिनोफानो   आइतबार १६, माघ २०७८ ०९:५९

काठमाण्डाै - आजका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । बैठक अब आउँदो २६ गते बस्नेछ । संसद् सचिवालयले विज्ञप्ति निकालेर कोभिड-१९ सङ्क्रमणको जोखिम यथावत् रहेको कारण बैठक स्थगित गरिएको जनाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको लगातारकाे अवरोधका कारण संसद् बैठक नियमित कार्यसूचीमा अगाडि बढ्न सकेको छैन ।

यस्तै, संसद् बैठक स्थगित भएसँगै आजका लागि बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु