वैशाखमै स्थानीय तहको निर्वाचन गर्न सरकारसँग एमालेको माग

छिनोफानो   आइतबार १६, माघ २०७८ १०:१८

काठमाडौँ,१६ माघ । नेकपा एमालेको जनसंगठन समन्वय संयन्त्रले स्थानीय तहको निर्वाचन आगामी वैशाखभित्रै गर्नेगरी मिति घोषणा गर्न सरकारसँग माग गरेको छ । सत्ता गठबन्धनले आगामी जेठमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको विवरण सार्वजनिक भइरहँदा एमालेले भने वैशाखभित्र निर्वाचन हुनुपर्ने बताएको हो ।

भक्तपुरको जर्मन हस्पिटालिटी होम्समा शनिबार बसेको बैठकले नेपालको संविधानले स्थानीय तह, प्रदेश र संघीय तहमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको व्यवस्था गरेको उल्लेख गर्दै समयमै निर्वाचन हुनुपर्ने ठहर गरेको हो ।

‘संविधानको धारा २१५ र २१६ ले गाउँरनगर पालिकाको अध्यक्षरप्रमुख, उपाध्यक्षरउपप्रमुख, वडा अध्यक्ष र सदस्यको प्रत्यक्ष निर्वाचन हुने र निर्वाचित मितिले ५ वर्ष पुगेकै मितिमा पदमुक्त हुने व्यवस्था गरेको छ,’ संयन्त्रका संयोजक भानुभक्त ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ । ‘स्थानीय तहको निर्वाचन तुरुन्त गर, संविधान र लोकतन्त्रको रक्षा गर’ भन्ने मूल नाराका साथ सबै जनसंगठनले आआफ्नो तवरले आन्दोलन अगाडी बढाउने निर्णय बैठकले गरेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु