कैलालीमा बालिका बलात्कार गरेको आरोपमा १४ वर्षीय किशोर पक्राउ

छिनोफानो   आइतबार १६, माघ २०७८ ०१:०१

धनगढी । कैलालीमा चार वर्षीय बालिकामाथि बलात्कार गरेको आरोपमा १४ वर्षीय किशोर पक्राउ परेका छन् । जिल्लाको मोहन्याल गाउँपालिका ७ मा ४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको रोपमा १४ वर्षीय किशोर पक्राउ परेका हुन् ।

जबरजस्ती करणी भएको भन्दै बालिकाको परिवारले शनिबार साँझ प्रहरीमा जाहेरी दिएका थिए । बालिका बलात्कृतको आरोपमा १४ वर्षीय किशोर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

बलात्कार आरोपमा पक्राउ परेका बालक पनि सोही गाउँका हुन् । बालिकाको स्वास्थ्य परीक्षण गरी आवश्यक अनुसन्धान अगाडि बढाइनृ कैलाली प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु