कैलालीको एक होटलमा ३५ वर्षीय युवा मृत अवस्थामा फेला

छिनोफानो   आइतबार १६, माघ २०७८ ०१:०४

धनगढी । कैलालीको एक होटलमा बस्दै आएका युवा मृत फेला परेका छन् ।

गौरीगंगा नगरपालिका राजीपुरमा रहेको एक होटलमा घोडाघोडी नगरपालिका वडा नम्बर १ का करिब ३५ वर्षका साधन डान मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले उनलाई कोठाभित्र खाटमा घोप्टो परेको अवस्थामा फेला पारिएको जनाएको छ । उनी माघ ३ गतेदेखि उक्त होटलमा बस्दै आएका थिए ।

मृत्युको कारण खुलेको छैन । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताए।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु