घट्यो सुनको भाउ

छिनोफानो   आइतबार १६, माघ २०७८ ०४:०२

 नेपाली बजारमा हप्ताको पहिलो दिन आज (आइतबार) सुन चाँदीको भाउ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज ४ सय रुपैयाँले घटेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको भाउ अस्ती तोलामा ९२ हजार ६ सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु