गौरीगंगा नगरपालीका वडा नं ६ ले सडक मै खोप केन्द्रको भवन निर्माण गरेपछि स्थानीय द्धारा बिरोध

पवन भण्डारी   सोमबार १७, माघ २०७८ १२:१८

पवन भण्डारी,माघ १७,धनगढी । कैलालीको गौरीगंगा नगरपालीका वडा नम्बर ६ को बिजयनगर पिपिल चौतारा  सडक क्षेत्रमै खोप केन्द्रको भवन निर्माण गरेपछि स्थानीयले बिरोध गरका छन । सडकको मापदण्ड बिपरित वडा कार्यलयले मनोमानी रुपमा भवन निर्माण गरेको भन्दै स्थानीयले आपत्ती जनायका हुन । बर्षौ देखि चल्दै आएको सडकमा वडा कार्यालयले खोप केन्द्रको भवन निर्माण गर्न लागेको हो ।

तिन सडक सँग जोडियको उक्त चौक मा वडा कार्यालयले ४ बर्ष अगाढी भवन निर्माणका लागी काम सुरु गरेको थियो । सो समयमा पुरुषहरु घरमा कोही नभएको बेला बिभिन्न धम्की दिदै भवन निर्माणको काम सुरु गरेको स्थानीय जित बहादुर ओखडा ले बताए ।  

उनले स्वास्थ्य चौकीको भवन भन्दै सुरु गरेको भवन अहिले खोप केन्द्रको भवन भन्दै निर्माण गर्न लागेको भन्दै भवन बिच चौकमा रहेको बताए । आफनो घर अगाढीको सडक मिचेर बनाउदा आफनो घर आउने दिनमा सडकमा जाने भए पछि आफुहरुले बिरोध गरेको उनले बताए ।

ओखडाले सडकको मापदण्ड बिपरित मनोमानी रुपमा वडा अध्यक्षले आफुहरुको असहती हुदा हुदै भवन निर्माण गरेको स्थानीयले आरोप लगाए । भवन निर्माण पछि चौकमा रहेको सडक समेत नरहेको र स्थानीय लाई सडक समेत नहुने भएपछि आफुहरुले बिरोध गरेको उनले बताए ।

आफुहरुले सो क्षेत्रमा सडक मिचेर भवन निर्माण नगर्न भन्दै न्यायीक समितीमा समेत उजुरी दिदा कसैले वास्ता नै नगरेको स्थानीय जित बहादुर ओखडा गुनाँसो गरे ।

न्यायीक समितीबाट समेत अनुगमन टोली आयो यो गलत छ बिच सडकमा संरचना निर्माण गर्न हुदैन भन्दै त जानु भयो तर पछि संरचना निर्माण गर्नु भन्दै नगरपालीका ले पत्र पठायको रैछ उनले भने । आफुहरुले भवन निर्माणमा पटक पटक बिरोध गरेको भएपनि वडा अध्यक्षले दादागिरी शैलीमा निर्माण कार्य सुरु उनले गरेको गुनाँसो गरे । 

सो चौक आसपास करिब ५० घरहरु रहेका छन । तिन ओटा सडक सँगै जोडियको सो चौकमा संरचना निर्माण गर्न पर्ने भएपनि मापदण्ड अनुसारको सडक छोडेर मात्र संरचना निर्माण गर्नु पर्ने अर्का स्थानीय मान बहादुर बोहोराले बताए ।

उनले आफुहरुले सो भवन निर्माणमा कुनै बिमती नरहेको भवन निर्माण भएपनि मापदण्ड अनुसारको  सडक छोडेर निर्माण गर्नु पर्ने बताए । उनले दादागिरी शैलिमा कसैलाई अठब्यारो पर्ने गरि निर्माण गर्न नहुने बताए । 

सो क्षेत्रमा सुरुमा स्वास्थ्य चौकी भवन निर्माणका लागी सबैको सहमतीमा ४ बर्ष अगाढी भवन निर्माणको काम सुरु गरेको वडा अध्यक्ष कमला कुमारी ओझाले बताईन । उनले स्वास्थ्य चौकी बनाउन मापदण्ड नपुगेपछि अहिले सो क्षेत्रका नागरिकहरु लाई सहज होस भन्ने उद्येश्यका साथ खोप केन्द्र को भवन सुरु गरेको बताईन ।

उनले सडक नमिचेरै भवन निर्माण भईरहेको दाबि गरिन । सो चौकमा रहेको ५ कटटा  सार्बजनिक जमिन रहेको उनले बताईन । सो टोलको लागी खोप केन्द्रको भवन निर्माण गर्न अरु ठाँउमा जमिन नभएका कारण सो क्षेत्रमा भवन निर्माण गर्नु आफुहरुको बाध्यता रहेको उनले बताईन । 

बर्षौ देखि सो क्षेत्रमा बसोबास गरिरहेका स्थानीयहरु सो चौकमा संरचना निर्माण गर्दा मापदण्ड अनुसारको सडक नबन्ने बताउछन । वडा अध्यक्षले मनपरि गर्दै सोझा साझा जनता माथी हस्तक्षेप गरेको उनिहरुको गुनाँसो छ ।

तर सडक क्षेत्रमै भवन निर्माण गर्न नमिल्लने भएपनि वडा अध्यक्ष भने कानुन अनुसार नै भवन निर्माण भईरहेको दाबि गर्छन । तसर्थ यस बिषयमा समन्धीत निकायको ध्यान पुग्न जरुरी छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु