सेती प्रयोगशालामा थप एक सय जनामा कोरोना संक्रमण पुष्टि

छिनोफानो   सोमबार १७, माघ २०७८ १२:५३

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप एक सय जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २४३ नमुना परीक्षण गर्दा एक सय जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । यस्तै २४ घण्टामा थप ३ जना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् । भने ९ जना नयाँ कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् ।

हाल अस्पतालमा २४ जना संक्रमित विरामी उपचाररत छन् । तीमध्ये ८ जनाको आइसियूमा र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु